काठमाडौँ, पुस १९ गते । चलचित्र ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्ष देखाइएको छ । पढाइमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौँ आएर जीवन बदल्न गरेको सङ्घर्ष ट्रेलरमा देख्न सकिन्छ ।

गाउँमा बसेर कल्पना गरे जस्तो काठमाडौँ सहर नरहेको यथार्थ ट्रेलरले देखाउने प्रयास गरेको छ । फोहोर उठाएर जिन्दगी बदल्छु भन्ने विकल्पमा पुगेको युवकको जिन्दगीको कठिन सङ्घर्ष देखाउँदै ट्रेलरले काठमाडौँको सङ्घर्षशील जीवन र त्यसले परिवारको सपनामा पारिरहेको प्रभावलाई प्रस्ट पारेको छ ।

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) निर्देशित चलचित्रमा बल्छीसँगै र वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत छन् ।

चलचित्रमा योगेशकाजी शाहको बिजिएम, शङ्कर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डिओपी र विपिन मल्लको सम्पादन रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










