काठमाडौँ, पुस १९ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ७९ पैसा र बिक्रीदर १६९ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ५१ पैसा र बिक्रीदर १९४ रुपियाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ५३ पैसा र बिक्रीदर १८२ रुपियाँ २९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ३८ पैसा र बिक्रीदर ९६ रुपियाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९५ पैसा र बिक्रीदर १०५ रुपियाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९३ पैसा र बिक्रीदर ११२ रुपियाँ ४० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५९ पैसा र बिक्रीदर २० रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५३ पैसा र बिक्रीदर ३५ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६० पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ५१ पैसा र बिक्रीदर ४७० रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपियाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ०८ पैसा र बिक्रीदर ३७५ रुपियाँ ६४ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









