काठमाडौं, पुस ९ । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा कन्सर्ट गर्ने भएको छ । ‘कुटुम्ब’ले पुस २६ (जनवरी १०)मा कन्सर्ट गर्ने भएको हो ।
बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फाम हाउसमा ‘कुटुम्ब’ले लाइभ कन्सर्ट गर्न लागेको हो ।
साँझ ५ बजेबाट सुरु हुने कन्सर्टको नाम ‘कुटुम्ब लाइभ म्युजिक’ दिएको छ । कन्सर्टका आयोजक तथा २९ रिसोर्ट एन्ड फाम हाउसमध्येका एक दिमेश श्रेष्ठका अनुसार कन्सर्टको टिकट मूल्य ५०० रुपैयाँ राखिएको छ ।
‘धेरै भीडभाड नहोस् भनेर हामीले थोरै भए पनि टिकटको व्यवस्था गरेका हौँ,’ सिनेमा निर्माता समेत रहेका आयोजक श्रेष्ठले भने, ‘दर्शकको सेलेक्सनका लागि पनि हामीले टिकट राखेका हौँ ।’

कन्सर्टमा ‘कुटुम्ब’ले नेवारीसँगै अन्य गीत पनि गाउनेछ । कुटुम्बले विशेषगरी नेवारी गीतसंगीत प्रस्तुत गर्नेछ । ‘कुटुम्ब’ले नेवारी रैथाने गीतरसंगीतलाई प्रवर्द्धन गर्दै आएको छ ।
करिब चार करोड लगानीमा २९ रिसोर्ट एन्ड फाम हाउस गत वर्षबाट सञ्चालनमा आएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











