सुलीकोट, पुस ७ गते ।उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा सहरतिर झर्न थालेपछि चुमनुब्री गाउँपालिकाका उच्च हिमाली क्षेत्रका बस्तीहरु सबै रित्तिएका छन् ।
चुमनुब्री गाउँपालिका –१ र ७ का अधिकांश परिवार मङ्सिरको दोस्रो सातादेखि नै काठमाडौंतर्फ लागिसकेका छन्, गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, ‘करिब ९० प्रतिशत गाउँले सहर झरिसकेका छन् भने बाँकी १० प्रतिशत जति मात्र गाउँमा घर कुरुवा, पशुपालन र खेतीपातीको रेखदेखको लागि मात्र एकाध मानिस बस्न बाध्य छन् ।’
अहिले गाउँका हरेक घरमा मानिस नै देखिदैनन् एउटा टोलको मान्छेले घर चौरीको स्याहार गर्न छरछिमेकको घर हेर्न एक जना मानिस बसेका हुन्छन् । जाडो बढेपछि लेकका खर्कमा रहेका चौरी गाउँमा झारिएकाले बाक्लो भुत्ला हुने याक भने अझै माथिल्लो चरनमै रहेका स्थानिय बताएका छन् ।
चौरीलाई चिसो छलाउन घरमै राख्नुपरेकाले पनि गाउँ पुरै खाली गर्न मिल्दैन, चुमनुब्री–७ का वडा अध्यक्ष टासी लामाले भन्नुभयो, ‘चौरीको स्याहार सम्भारको लागि घरमा केहि आबश्याक मानिस बाहेक प्राय सबैको घरमा ताला लगाएर सहर झर्ने गरेका छन् ।’
चुमनुब्री गाउँपालिका –१ अन्र्तगत तिब्बतको सिमाना नजिकको साम्दो गाउँमा पनि उस्तै अवस्था छ । करिब ४५ घर धुरी रहेको गाउँमा अहिले ५–१० घरमा एकाध मात्र मानिस बसिरहेका छन् । बाँकी घरमा ताला लागेको छ । होटेल तथा लजहरु प्नि प्राय सबै बन्द भएका छन् ।
जाडोको प्रभाबले शिक्षा क्षेत्रमा पनि परेको छ । चुमनुब्री गाउँपालिका–२ स्थित ल्हो माध्यमिक बिद्यालयका बिद्यार्थीहरु आरुघाट गाउँपालिका – ४ को कोखेटारमा सारिएको छ । चैतसम्मका लागि बिद्यालय नै अस्थायी रुपमा तल स्थान्तरण गरिएको विद्यालयले जनाएको छ ।
सहर झरेका स्थानीयमध्ये धेरै जसो तीर्थयात्रामा निस्कने गर्छन् । धर्मशाला, लुम्बिनी तथा बिभिन्न बौद्ध धर्मगुरुको आश्रममा समय बिताउने वा काठमाडौंमा रहेका आफना छोराछोरीसँग बस्ने चलन रहेको स्थानिय लोप्साङ लामाले बताउनुभयो ।
हाल सहरमा रहेका बासिन्दा ग्लाबो ल्होसार मनाउन फेरि गाउँ फर्कने तयारीमा छन् । जाडोले गाउँ रित्तिए पनि चाडपर्वसँगै उत्तरी गोरखाका यी सुनसान बस्तीहरु पुन चहलपहल हुने स्थानीयको विश्वास छ ।
_गुणबहादुर रोका
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















