लेखनाथ, पुस १८ गते । कास्कीको पोखरा महानगरपालिकामा शुक्रबारदेखि चार दिनसम्म बिहान बिजुलीको लाइन काटिने हुने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले बिहीबार सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
महाशाखाका प्रमुख रोशन खड्काले पोखरा उपत्यकामा बिजुली वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक पाँच घण्टा बिजुली काटिने जानकारी दिनुभयो । शुक्रबारेखि मङ्गलबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म लाइन काटेर बसबार मर्मत गरिने उहाँको भनाइ छ ।

चार दिन बसबार मर्मतपछि सोमबार ११ बजेपछि बिजुली नियमित आपूर्ति हुने जनाइएको छ ।
– फडिन्द्र अधिकारी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















