01/06/2026, 01:35:59
सोमबार, पुष २१, २०८२

आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, पुस २१ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ ।

त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ७९ पैसा र बिक्रीदर १६९ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपियाँ ८५ पैसा र बिक्रीदर १९४ रुपियाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपियाँ ७७ पैसा र बिक्रीदर १८२ रुपियाँ ५३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ ४० पैसा र बिक्रीदर ९६ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ९१ पैसा र बिक्रीदर १०५ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९६ पैसा र बिक्रीदर ११२ रुपियाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ५९ पैसा र बिक्रीदर २० रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ४० पैसा र बिक्रीदर ३८ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २१ पैसा र बिक्रीदर ३९ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ५३ पैसा र बिक्रीदर ३५ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९८ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६२ पैसा र बिक्रीदर १५ रुपियाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ६० पैसा र बिक्रीदर २२ रुपियाँ ६९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४८ पैसा र बिक्रीदर १८ रुपियाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपियाँ ४६ पैसा र बिक्रीदर ४७० रुपियाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपियाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपियाँ ६१ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपियाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपियाँ ६३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..