काठमाडौँ, पुस २१ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतको मिसिल जलेको छ, तर न्याय सम्पादन गर्ने इमान र निष्ठा नजलेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ भक्तपुरको २६ औँ वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि रहेका उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘म निःसन्देह भन्दै आएको छु, न्यायालयको मिसिल जलेको छ तर न्याय सम्पादन गर्ने इमान र निष्ठा जलेको छैन । सामाजिक सञ्जालमा आपत्तिजनक र अराजक अभिव्यक्तिहरू फैलिरहेका छन् ।’
आफ्नो नाम प्रकाश भए पनि आफू अस्ताउँदै गएको प्रकाश भएको उनले बताए । ‘धन बाँडेर सकिन्छ तर ज्ञान बाँडेर सकिँदैन,’ उनले भने, ‘केएस कलेजले शिक्षा र ज्ञानमा प्रशंसनीय योगदान गरिरहेको छ ।’
– लक्ष्मी साह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













