सर्लाही, पुस १३ — नागरिकता कसुर मुद्दामा मलंगवा नगरपालिका–७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडाध्यक्ष मिकरानीले रामविश्वास राय नामका व्यक्तिलाई झुटो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । मिकरानीविरुद्ध आइतबार सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
झुटो विवरणको आधारमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको समेत संलग्नता रहेकाले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत वैशाख २२ गते नै प्रहरीलाई निर्देशन दिएको थियो ।
– ओमप्रकाश ठाकुर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















