काठमाडौँ, पुस २० : एमाले उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकभएर निर्वाचनमा जान छलफल चलिरहेको बताएका छन् ।
आइतबार कांग्रेस, एमाले र नेकपा मिलेर चुनावमा जाने सम्भावना छ कि भन्ने प्रश्नमा उनले भने, ‘नेतृत्वका बीचमा छलफल चलिरहेको छ । सम्पर्क गाढा भइरहेको छ । राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन ।’
सकेसम्म गणतन्त्र पक्षधरहरुले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड रहेको उनले बताए ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । आइतबार ललितपुरको च्यासलमा भएको भेटवार्तामा निर्वाचनको वातावरण बनाउने विषयमा कुराकानी केन्द्रित भएको दाहालका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
– अर्जुन शाह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















