01/05/2026, 10:20:09
सोमबार, पुष २१, २०८२

सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौँ, पुस २० गते । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

आज तोलामा २१ सय रुपैयाँले घटेर प्रतितोला सुन दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन शुक्रवार प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर आज चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार भने चार हजार ५ सय २५ रुपैयाँमा कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..