२० पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा अडेको हो ।
वित्तीय क्षेत्रको ब्याजदर न्यून भएको अवस्थामा सेयर बजार सूचक घटेको हो । अर्थतन्त्रमा देखिएका समस्याका कारण पनि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । अर्थतन्त्रमा माग बढ्न नसक्नु, आर्थिक गतिविधि सुस्त हुँदा सेयर बजारले पनि सकारात्मक गति लिन सकेको छैन ।
गत साता नेप्सेमा कारोबार भएका हुने केही दिन सेयर बजार सूचक बढेको थियो । त्यसका कारण वैकल्पिक राजनीतिक शक्तिहरू एक भएको र आगामी २१ फागुनमा निर्वाचन हुने संकेत देखिएपछि त्यसले सेयर बजार लगानीकर्ताको मनोबल बढेको थियो । तर, त्यो सुधार धेरै टिक्न सकेन ।
आइतबार कारोबार सुरु हुँदादेखि नकारात्मक रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । नेप्सेमा सेयर किनबेच भएको कुल कारोबार रकम हेर्दा सेयरको माग रहेको र आगामी दिन झनै बढ्न सक्ने अनुमान गर्न सकिन्छ । आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको सेयर खरिद–बिक्री भएको छ । तीमध्ये १ सय ७१ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ७९ कम्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।
आइतबार नेप्सेमा कारोबार भएका ९ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन आएन । साथै, नेप्सेमा विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ ।
आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यसँगै समूहगत सूचक पनि नकारात्मक भएका छन् । नेप्सेमा बैंकिङ १.९३, विकास बैंक ४४.१६, वित्त २.९९, जलविद्युत् १६.५७, लगानी ०.३३, जीवन बीमा ११३.९४, माइक्रोफाइनान्स १५.८१, सामूहिक लगानी कोष ०.०६, निर्जीवन बीमा ९४.४४ र अन्य समूह ४०.१० अंकले घटेको छ ।
आइतबार नेप्सेमा उत्पादनमूलक ८९.१०, होटल समूह ४३.३७ र व्यापार समूह १२.९१ अंकले बढेका छन् ।
आइतबार नेप्सेमा ३ सय २३ कम्पनीको ७९ हजार कारोबारबाट ५ अर्ब १ करोड रुपैयाँ बराबरको १ करोड २ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत साता बिहीबारको धेरै हो । त्यस दिन नेप्सेमा ४ अर्ब ६० करोड बराबर सेयर खरिद–बिक्री भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






