काठमाडौँ, पुस २० गते । नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो।
ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगले यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतसँग बयान लिइसकेको छ ।
आयोगले अन्य सरोकारवाला तथा सुरक्षा निकायका उच्च अधिकारीसँग पनि बयान लिइसकेको जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













