काठमाडौँ, पुस ९ गते । विद्यार्थीको पढाइमा थापाथलीस्थित दी ब्रिटिस कलेजले लापर्बाही गरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयका उच्च शिक्षा शाखाका उपसचिव परशुराम तिवारीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । पछिल्लो समय यस कलेजलाई एउटा कलेजमा भर्ना गराएर विद्यार्थीलाई अर्को कलेजको प्रमाणपत्र दिएको, नेपालको कलेजमा एक वर्ष पढाएर दुबईमा रहेको कलेजमा ‘क्रेडिट ट्रान्सफर’ गराएको तथा त्यहाँ पुगेपछि विद्यार्थीलाई भने जस्तो पढाइ र रोजगारी उपलब्ध गराउन नसकेको लगायतका आरोप लागेको छ ।
यी सबै समस्या आएपछि मन्त्रालयले छानबिन समिति बनाएर अध्ययन गरिरहेको छ । छानबिन समितिका एक सदस्यका अनुसार अहिले प्रमाण सङ्कलन गर्ने काम भइरहेको छ । ती सदस्यका अनुसार थापाथलीमा कार्यालय रहेको यस कलेजमा एक वर्ष ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) पढेर दुई वर्षको थप अध्ययनका लागि विद्यार्थीलाई केही समयअघि दुबई लगिएको थियो ।

तर दुबई पु¥याएपछि विद्यार्थीलाई नेपालमा सम्झौता गरे अनुसारको पढाइ तथा रोजगारी नदिएको, विद्यार्थीलाई श्रमिकले जसरी आफैँ काम खोज्नु भन्ने अभिव्यक्ति दिएको लगायतका गुनासो आएको छ । क्रेडिट ट्रान्सफरका रूपमा दुबई पुगेका १८ विद्यार्थीमध्ये आठ जना स्वदेश फर्किसकेका छन् ।
कलेजले भने अनुसार काम नपाएपछि उनीहरूलाई अभिभावकले नै स्वदेश फिर्ता बोलाएका थिए । स्वदेश फर्केपछि उनीहरूले आफ्ना समस्याबारे कलेज तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गुनासो गरेका थिए । उनीहरूको गुनासोपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
कलेजले भने विद्यार्थीले उठाएका समस्याका सम्बन्धमा प्रक्रियागत तरिकाबाट समस्या समाधानको पहल भइरहेको यसअघि सार्वजनिक विज्ञप्ति जारी गरेर बताएको थियो ।

यसैबिच कलेज र विद्यार्थीबिच देखिएको समस्या समाधानको पहल गर्न तथा ठगिएका भनिएका विद्यार्थीलाई उचित क्षतिपूर्ति दिन माग गर्दै ज्ञापनपत्र बुझाउन गएका एमालेनिकट अनेरास्ववियु र प्रहरीबिच मङ्गलबार कलेज परिसरमै झडप भएको छ । झडपका व्रmममा केही विद्यार्थी घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ । झडपका क्रममा कलेजमा समेत क्षति पुगेको छ ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीका अनुसार कलेजमा ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीलाई तीन घण्टा कुर्दा पनि व्यवस्थापनले समय नदिएपछि ताला लगाउन खोज्दा प्रहरीसँग झडप भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












