काठमाडौँ, पुस २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका नगर प्रमुखसहितको एक टोलिले आइतबार गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापना गरिनु पर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ।
सेवाग्राहीको पहुँच, स्थानीय प्रशासनिक सेवा उपलब्ध गराउने राज्यको दायित्वका आधारमा नगरपालिकाले त्यहाँको वडा-३, ठाडा भन्ने ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गरिदिने मागसहितको निवेदन आज गृहमन्त्री अर्यालसमक्ष पालिका प्रमुखसहितको टोलीले पेस गरेको हो।
नगर प्रमुख छविलाल पौडेलसहितको टोलीले नेपालकै ठुलो क्षेत्रफल भएको स्थानीय तहका रूपमा रहेको शितगङ्गा नगरपालिकाको भूगोल, सेवा क्षेत्र, जनसङ्ख्याको वितरण, प्रशासनिक पहुँच, दूरी, सेवाग्राहीको आवागमनमा पर्ने आर्थिक तथा सामाजिक भार, स्थानीय शान्ति सुरक्षा, नागरिकता र पासपोर्ट जस्ता प्रत्यक्ष प्रशासनिक सेवालाई पहुँचयोग्य बनाउन त्यस ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अत्यन्त आवश्यक रहेको जनाइएको छ। यस पालिकामा १४ वटा वडाहरू रहेका छन्।
मन्त्रिपरिषदको भदौ ९ गते बसेको बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












