काठमाडौँ, पुस २० : राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।
आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,’ झाले भने ।
त्यसरी केन्द्रीय सदस्य बनेकाहरूले सभापति रवि लामिछानेसमक्ष शपथग्रहण गरेका छन् । पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमति अनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

बालेन्द्र शाह – वरिष्ठ नेता
सुनिल लम्साल
भुपदेव शाह
सस्मित पोखरेल
सागर ढकाल
लक्ष्मण थारु
रमेश पौडेल
खगेन्द्र सुनार
गणेश पौडेल
सन्तोष गिरी
नमिता यादव
सरिता ज्ञवाली
जेम्स कार्की
सुशान्त वैदिक
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
मधुसुधन ढकाल
ओजश्वी थापा
केपी खनाल
आदित्य आचार्य
प्रदीप पाण्डे
खेमराज साउद
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










