01/11/2026, 03:26:00
शनिबार, पुष २६, २०८२

रौतहटमा शनिबार आठ घण्टा विद्युत अवरुद्ध हुने


रौतहट, पुस २६ गते । रौतहटका विभिन्न स्थानमा शनिबार आठ घण्टा विद्युत् सेवा  प्रभावित हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले एक सूचना जारी गर्दै चन्द्रनिगाहपुर–गौर सडक विस्तारिकरण भइ रहेको हुँदा सो सिमा भित्र पर्ने ३३ केभी लाइन शिफ्टिङ कार्य गर्नुपर्ने भएकाले शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म विद्युत् वितरण प्रभावित हुने जनाइएको हो ।

blog

प्राधिकरण गौर वितरण केन्द्रका अनुसार गौर सवस्टेशनबाट सञ्चालित इशनाथ, बैरिया, बहुअर्वा, बन्कुल ,पुरेनवा र गौर क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । प्राधिकरण गौर वितरण केन्द्रले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सुचारू गर्ने प्रयास रहने जानकारी गराएको छ ।

यस अघि हिजो शुक्रबार समेत सो क्षेत्रमा अपराह्न १२ देखि ४ बजेसम्म ३३ केभी लाइन शिफ्टिङ कार्यको कारण विद्युत सेवा अबरुद्ध रहेको थियो ।

– प्रवीण कुमार शर्मा