02/21/2026, 19:04:02
शनिबार, फागुन ०९, २०८२

नेकपा एमालेको झण्डा एवं उम्मेदवारको फोटो जलाउने पक्राउ


भारदह (सप्तरी), फागुन ९ गते । सप्तरीमा नेकपा एमालेको झण्डा एवं नेकपा एमालेबाट सप्तरी क्षेत्र नं २ का उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्वीर जलाउने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको झण्डा र प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको भिडियो सार्वजनिक भएपछि सोही ठाउँ बस्ने २५ वर्षीय हरिनारायण मण्डललाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरी डीएसपी एवं प्रहरी प्रवक्ता डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

blog

एमाले पार्टी मुर्दावाद, मधेशमा यस्तो स्वागत छ’ भन्दै अश्लिल गाली गरेर एमालेको झण्डा जलाएको र जलाउनेले ‘जय मधेश जय घण्टीको नारा समेत लगाएको भिडियो सार्वजनिक भएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उहाँले बताउँनुभयो । यसैबीच नेपका एमाले सप्तरीका सचिव देवनाथ यादवले एक प्रेस विज्ञप्ति जारी गरि दोषीलाई कारवाहीको माग गरेको छ ।

– सुधा देव