कल्याणपुर (सप्तरी), पुस २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित धरमपुरमा बेवारिसे अवस्थामा नवजात शिशु (बालिका) फेला परेको हो ।
शुक्रबार साँझ करिब ७ः३० बजेको समयमा स्थानिय मोहन खड्काको घरदेखि करिब ३० मिटर उत्तरतर्फ रहेको शौचालयको दाहिनेपट्टि अन्दाजी एक–दुई दिनकी नवजात शिशु (बालिका) रोइरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
सालनाल काटिएको, डाइपर लगाइएको र कपडामा बेरेर छाडिएको अवस्थामा बालिका देखिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
हाल नवजात बालिकालाई मोहन खड्काको घरमा सुरक्षित राखिएको र अवस्था सामान्य रहेको छ ।बालिका कसले र किन छाडेको भन्ने विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
– विनय कर्ण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















