काठमाडौँ, पुस २६ : द ब्रिटिस कलेजमा आन्दोलनको नाममा रकम मागेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार विवेक ढकाललाई अनामनगर क्षेत्रबाट पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका–४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका २८ वर्षीय ढकाल उक्त कलेजका पूर्वविद्यार्थी समेत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
कलेजसँग रकम माग्ने र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएको भन्ने कलेज प्रशासनको उजुरीपछि ढकाललाई पक्राउ गरिएको भट्टराईले बताए ।
किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिस इन्टरनेशनल कलेजमा विद्यार्थीलाई विदेशमा इन्टर्नसिप गराइदिने आश्वासन दिई भर्ना गरिए पनि उक्त व्यवस्था नभएको भन्दै केही महिनादेखि आन्दोलन हुँदै आएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















