01/11/2026, 09:18:53
आइतबार, पुष २७, २०८२

प्रतिनिधिसभाको चुनाव रुकुम पूर्वबाट लड्ने प्रचण्डको घोषणा


काठमाडौँ, पुस २६ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरे । ‘हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु । यै रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुम आउने निश्चित भएको छ । पूर्वी रुकुममा आउने निश्चित भएको छ,’  प्रचण्डले भने ।

कार्यक्रममा प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल सहभागी छन् । प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा  उम्मेदवार बन्ने पनि प्रचण्डले घोषणा गरेका छन् ।