01/11/2026, 09:19:49
आइतबार, पुष २७, २०८२

कुलमानलाई अध्यक्ष बनाएपछि पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टी


काठमाडौँ, पुस २६ गते । उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । उज्यालो नेपालले घिसिङ अध्यक्ष बनेको औपचारिक जानकारी दिन शनिबार पत्रकार सम्मेलन गर्दैछ ।

उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा साँझ ६ बजे पत्रकार सम्मेलन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भाँडिएपछि कुलमान उज्यालो पार्टीको अध्यक्ष बन्नु भएको हो । अध्यक्ष नियुक्त भएपछि औपचारिक रूपमा जानकारी गराउन उहाँले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो ।