दमक, पुस २६ गते । झापाको दमकमा ५ वर्षीया बालिकाको कानको सुन लुट्ने एक भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा दमक नगरपालिका–५ लालीगुँरास टोलमा सुमन लिम्बूको ५ वर्षीया छोरी प्यारोन लिम्बू घरअगाडि बाटोमा खेलिरहेका बेला सिटी सफारी प्रयोग गरी एक समूहले कानमा लगाएको सुनको रिङ नेलकटरले काटेर लुटी फरार भएको प्रहरीले सूचना पाएपछि खोजतलास तिब्र बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तत्काल प्रहरी खटिएपछि ४ बजे दमक–६ वडा कार्यालय अगाडिबाट सिटी सफारीसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत कलकत्ताका स्थायी बासिन्दा हाल दमक –६ बस्ने ५३ वर्षीय रिटन दास सहित छन् ।
प्रहरीका अनुसार दाससँगै पक्राउ पर्नेमा दमक–८ का १८ वर्षीय सञ्जय माझी, दमक–७ का १८ वर्षीय निश्चल विश्वकर्मा र दमक–६ का ३८ वर्षीय मेघराज मेहेत्तर रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिनु भयो ।
– बिष्णुप्रसाद पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















