फिदिम, पुस १४ गते । छिमेकीको सुन लुटेर फरार भएकी पाँचथरको याङवरक गाउँपालिका-५ निवासी ५२ वर्षीय धनमाया सेलिङलाई प्रहरीले पक्राउ गरेको छ ।
सेलिङललाई नेपाल भारत सिमावर्ती क्षेत्र तीन सिमाना नजिक फालेलुङ गाउँपालिका-४ चित्रेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
धनमायाले पुष १२ गते ६० वर्षीय छिमेकी विष्णुमाया परियारलाई कालिज समात्न जाँउ भनेर लगी मरणासन्न हुने गरी कुटपिट गरेर नाक कानमा लगाएका सुन लुटेर फरार भएको जानकारी सँगै प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।
सुन लुट्नु पुर्व मरणासन्न हुने गरी कुटपिट गरिएका कारण घाइते विष्णुमायालाई उपचारका लागि झापाको विर्तामोड स्थित विएण्ड सि अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
बेहोस हुने गरी कुटेर गहना लुटिए पश्चात होस फर्केपछि आफन्तको सम्पर्कमा आउनु भएकी विष्णुमायाले घट्नाको बृत्तान्त सुनाएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
– राधा लुइटेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















