02/08/2026, 13:58:26
आइतबार, माघ २५, २०८२

धादिङको १० किलोमा दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौँ, माघ २५ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे नजिकै १० किलोमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

धादिङको थाक्रे गाउँपालिकास्थित १० किलोमा दाङबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१ – ००६ ख १५ ५२ नम्बरको बस र काठमाडौंबाट त्रिशुली जाँदै गरेको बागमती ००६ ख ५२०८ गरेको बस ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा १ जनाको मृत्यु भएको बताइएको छ । घाइतेको संख्या एकिन भइ सकेको छैन । दुई बस एक आपसमा ठक्कर खाइ अनियन्त्रित हुँदा दाङ बाट काठमाडौं आउदै गरेको बस स्थानीयको घरभित्र छिरेको छ ।

घरभित्र छिरेको बसको ठक्करबाट चिया पिउदै गरेका स्थानीयको मृत्यु भएको हो । अहिले घाइतेको उद्धार गरि काठमाडौं पठाइँदै गरेको घटनास्थल जाँदै गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख शिशिर थापाले जानकारी दिए ।

– पोषनाथ अधिकारी