काठमाडौँ, माघ ६ : अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम अनर्को सूचना नभएसम्मका लागि मंगलबार स्थगित भएको छ । एन्फा कार्यसमितिले यसअघि माघ २८ मा निर्वाचन गर्ने मिति तय गरेको थियो ।
कार्यसमितिले आफ्नो कार्यकाल सकिन छ महिना अगाडि नै अर्लि इलेक्सनको निर्णय गरेको थियो । यसका विरुद्ध परेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै निर्वाचन प्रक्रिया रोक्न आदेश दिएको थियो ।
माघ ४ मा जारी गरिएको त्यस आदेश एन्फाको निर्वाचन कमिटीले प्राप्त गरेपछि त्यसैले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन नहुने निर्णय गरेको हो । एन्फाको अर्लि इलेक्सनको निर्णय प्रक्रिया पूरा नगरेर गरिएको भन्दै आलोचना भइरहेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













