01/20/2026, 19:45:48
मङ्गलबार, माघ ०६, २०८२

कांग्रेसबारे आयोगको निर्णयमा कारण देखाउ आदेश जारी, सर्वोच्चले दुवै पक्षलाई बोलायो


काठमाडौँ, माघ ६ गते । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यससँगै थापालाई कांग्रेसको सभापतिमा कामकाज गर्ने बाटो खुला भएको छ । थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको थियो । उक्त विशेष महाविधेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।

त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवापक्षले सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले निर्वाचन आयोगको निर्णयमा कारण देखाउ आदेश भने जारी गरेको छ । यसका साथै कांग्रेसका दुवै पक्षलाई सर्वोच्चले छलफलमा बोलाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..