म्याग्दी , माघ ६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले म्याग्दी पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गरेका हुन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि उनी म्याग्दी पुगेका थिए भने त्यहीँबाट राजीनामा पत्र प्रधानमन्त्रीसमक्ष पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको र उनले सम्हालेको मन्त्रालय राष्ट्रपतिले स्वयं प्रधानमन्त्रीलाई नै जिम्मेवारी तोकेका छन् ।
लामो समय सामाजिक अभियान र प्रविधि विकाससँग जोडिँदै आएका पुनले यसपटक संसदीय राजनीतिमा प्रत्यक्ष सहभागिता जनाउने निर्णयसहित म्याग्दीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










