01/20/2026, 12:51:25
मङ्गलबार, माघ ०६, २०८२

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले दिइन् पदबाट राजीनामा


चितवन, माघ ६ गते । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णयसँगै उनले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाएकी हुन् ।

 

दाहालले आज मध्याह्न १२ बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको छ । राजीनामा बुझाउनु अघि उनले कार्यपालिका बैठक आह्वान गरी महानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा दाहालले दुई कार्यकाल जिम्मेवारी सम्हालेकी थिइन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..