पोखरा,माघ ५ गते । कार्यकर्ताको चर्को दबाब र चौतर्फी आलोचना थाम्न नसकेपछि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ । पार्टीले यसअघि टिकट थमाएका नेता कृष्ण थापाको टिकट खोसेर रश्मी आचार्यलाई उम्मेदवार बनाएको छ ।
कृष्ण थापा कास्की एमालेको राजनीतिमा सधैं अवसर पाउने पात्र हुन् । २०४९ सालमा तत्कालीन पोखरा नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका थापा पराजित भए । उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए ।
२०७० मा प्रतिनिधिसभा चुनाव हारेका उनी २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर कार्यकाल नसकिँदै उनी पोखराको मेयरमा उम्मेदवार बने । मेयरको टिकट पाएका दीपक पौडेलको टिकट खोसेर उनी उम्मेदवार बनेका हुन् ।
त्यसपछि थापा कहिल्यै चुनाव नलड्ने भन्दै सार्वजनिक घोषणा गरे । अहिले फेरि प्रतिनिधिसभा सदस्यका लागि ‘यो अन्तिम पटक’ भन्दै टिकट हात पारेपछि कास्की एमालेमा असन्तुष्टि चर्किएको थियो । निरन्तर एउटै व्यक्तिलाई मात्र अवसर दिइएको भन्दै कार्यकर्ताले बहिष्कारको चेतावनी दिएपछि एमाले नेतृत्व थापालाई ब्याक गराउन बाध्य भएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











