काठमाडौँ, माघ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टी केन्द्रले आइतबार अबेर गोरखाका दुवै क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको जिल्ला सचिव मिलन रानाले जानकारी दिए।
उनका अनुसारगोरखा क्षेत्र नम्बर १ बाट सुदन गुरुङलाई उम्मेदवार बनाइएको सचिव रानाले जानकारी दिए। सुदन गुरुङ जेन जेड आन्दोलनपछि एकाएक देखा परेका व्यक्तित्व हुन्। उनी गोरखा क्षेत्र नम्बर १ अन्तर्गत चुमनुब्री गाउँपालिका-३ नाग्चेतका हुन्।
त्यस्तै, गोरखा क्षेत्र नम्बर २ बाट रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। महामन्त्री बुर्लाकोटी पालुङ्टार नगरपालिका-९ का स्थायी बासिन्दा हुन्। उनी स्थापना कालदेखि नै पार्टीमा सक्रिय भएर लागेका व्यक्तित्व हुन्। यसअघि २०७९ सालको निर्वाचनमा पनि उनी गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनले १२ हजार ६३९ मत प्राप्त गरेका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











