01/19/2026, 16:08:32
सोमबार, माघ ०५, २०८२

दाङ-१ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाउने नेकपाको निर्णय


काठमाडौँ, माघ ५ गते  । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङ-१ मा मेटमणि चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा चौधरीले टिकट पाएका हुन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीलाई टिकट दिएका हुन् ।

दाङ १ मा साविक एकीकृत समाजवादीका मेटमणि उम्मेदवार हुने कि साविक माओवादीका कुलप्रसाद केसी (सोनाम) भन्नेमा विवाद थियो ।

लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले आफूले टिकट नपाए बागी उम्मेदवार बन्ने बताएका थिए । यही विवादका बीच चौधरीले टिकट हात पार्न सफल भएका हुन् ।

दाङ क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी यसअघि दुई पटकसम्म सांसद निर्वाचित भइसकेका छन् ।

नेकपाले दाङ क्षेत्र नम्बर २ मा निर्मल आचार्य र ३ मा धनबहादुर मास्कीलाई उम्मेदवार निश्चित गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..