01/20/2026, 12:52:11
मङ्गलबार, माघ ०६, २०८२

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ, माघ ६ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ८४ हजार  सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..