काठमाडौँ, माघ ७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका घटनाप्रति वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
उनले आन्दोलनको आवरणमा निजी तथा सार्वजनिक संरचनामा क्षति पुर्याउनेहरूलाई कारबाहीको दायरामा नल्याइएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
गृहजिल्ला झापामा हालै सम्पन्न ‘जेन जेड’ आन्दोलनका क्रममा क्षति पुगेका भवन तथा संरचनाहरूको स्थलगत निरीक्षणका क्रममा अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्।
उनका अनुसार आन्दोलनको नाममा अरूको सम्पत्ति जलाउने वा नोक्सान पुर्याउने कार्य स्वीकार्य हुन नसक्ने भए पनि त्यसप्रति राज्यले आवश्यक कदम नचालेको देखिएको छ।
अध्यक्ष ओलीले देशलाई शान्ति, सुरक्षा र सहअस्तित्व कायम हुने वातावरणतर्फ लैजान सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











