काठमाडौँ, माघ ७ गते । आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेपछि नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको भावी दिशाबारे धारणा सार्वजनिक गरेका छन्।
उनले संगठनलाई थप परिष्कृत र सक्षम बनाउँदै मुलुकको समग्र विकास र समुन्नतितर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सभापति थापाका अनुसार काँग्रेसले संस्थागत सुधार, सुशासन र नीतिगत स्पष्टतामार्फत देश निर्माणको दायित्व पूरा गर्ने लक्ष्य लिएको छ। उक्त प्रतिबद्धता पार्टीपंक्तिलाई सम्बोधन गर्दै व्यक्त गरिएको हो।
सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थापालाई काँग्रेसले आगामी नेतृत्वका लागि सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै निर्वाचन मैदानमा उतारेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









