01/21/2026, 13:21:51
बुधबार, माघ ०७, २०८२

कुमाल बस्तीमा पिउने पानीको समस्या


भोजपुर, माघ ७ गते । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका  ५० परिवार पानीको समस्याले पीडित भएका हुन् ।

पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ ।

 

बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरीलगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् ।

कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरू क्रियाशील रहेको  षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । त्यहाँ पानी व्यवस्थापनका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको जानकारी उनले दिए


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..