01/21/2026, 16:27:33
बुधबार, माघ ०७, २०८२

प्रतिनिधिसभा चुनावमा कुन उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै छन् ?


काठमाडौँ, माघ ७ गते । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि प्रत्यक्षतर्फ ६ माघमा मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न ६८ वटा राजनीतिक दलबाट उम्मेदवार मैदानमा छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार देशभर ३४ सय ८६ जनाले उमेदवारी दर्ता गरेका छन् । उम्मेदवाहरूमा सबैभन्दा धेरै ३६ देखि ५० वर्ष उमेर समूहका छन् । आयोगका अनुसार सो उमेर समूहका १ हजार ६१० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, ५१ देखि ६५ वर्ष उमेर समूहका १ हजार ९० उमेदवारले उम्मेदवारी दिएका छन् । २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ र ६५ देखिमाथि उमेरका २०१ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

३ हजार ४८६ जनाको उमेदवारी दर्ता भएकोमा ३९५ महिला र ३ हजार ८८ पुरुष तथा अन्य १ उमेदवार छन् ।

राजनीतिक दलको तर्फबाट २ हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन्, जसमा २३५ महिला र दुई हजार ६४ पुरुष छन् । १ हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रारम्भिक सूचीमा दाबी विरोध तथा फिर्ता हुन सक्ने भएकाले उम्मेदवार थपघट हुन सक्ने आयोगले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..