01/21/2026, 16:00:10
बुधबार, माघ ०७, २०८२

बालेनले ओलीको चुनावी अभियानमा धक्का दिए


काठमाडौं, माघ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह विहानैदेखि झापास्थिति निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यवस्त रहेका छन् । उनले विहानैदेखि चुनावकेन्द्रीत अभियान अन्तर्गत मतदाताहरुसँग भेटघाट र अन्तरक्रिया कार्यक्रमलाई अगाडि बढाएका छन् ।

सोही क्रममा बालेनले एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्षलाई पार्टीमा प्रवेश गराएका छन् । युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई बालेनले रास्वपामा स्वागत गरेका थिए ।

नेकपा (एमाले) ले झापा ५ बाट पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ । ओली पनि चुनावी मैदानमा उत्रिएर मतदाताहरुसँगको भेटघाटमा सक्रिय छैन । राष्ट्रिय युवा संघ दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष नै रास्वपामा प्रवेश गर्नुले ओलीको चुनावी अभियानमा धक्का लागेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..