काठमाडौँ, माघ ७ गते । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा राख्ने अभियान थालिएको हो, यसलाई तीव्र गतिमा अघि बढाउने छौँ, जसले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा दुव्र्यवहार र चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ ।”
उहाँले सिसी क्यामरासँगै ड्यासबोर्ड क्यामरा पनि जडान थालनी गरिएको बताउनुभयो । दुर्घटनापछि चालक भाग्ने, बसभित्रै पनि कूटपिटका घटना हुने तथा यात्रुमाथि दुर्व्यवहार लगायत घटना भएका गुनासा व्यापक आइरहेकाले क्यामरामार्फत निगरानी हुने र तथ्य थाहा पाइने हुँदा सवारी साधनमा सिसी क्यामरा राख्ने विषयलाई प्राथमिकतामा राखिएको प्रवक्ता सुवेदीले बताउनुभयो ।
यस्तै ड्यासबोर्ड मार्फत बाहिरका गतिविधिका साथै दुर्घटनामा कसको कमजोरी भएको हो भनेर समेत पत्ता लाग्ने हुँदा यसलाई तीव्रताका साथ अघि बढाइने उहाँले बताउनुभयो । सो समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा थप सुरक्षित हुने बताउनुभयो ।
आजै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर खोजतलास गरी प्रहरीले धनीलाई बुझाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












