01/21/2026, 22:27:02
बुधबार, माघ ०७, २०८२

अमेरिकाबाट थप ८० जना नेपाली डिपोर्ट, मंगलबार नेपाल आइपुगे


काठमाडौँ, माघ ७ : अमेरिकाबाट थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ७९ पुरुष र १ महिला मंगलबार काठमाडौं आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौं ल्याएर छाडेको हो ।

डोनाल्ड ट्रमले राष्ट्रपतिको कार्यकाल सम्हालेयता सन् २०२४ जनवरी २० देखि मंगलबारसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ५ सय ४३ पुगेको छ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले मंगलबार डिपोर्ट भएर ८० जना नेपाल आइपुगेको र उनीहरुलाई सोधपुछ गराए छाडिएको बताए ।

उनीहरुसँग नेपालको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले समेत सोधपुछ एवं कागज गराएर छाडेको छ ।

डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लंघन गरेका लगायत रहेको विभागले जनाएको छ ।

– मातृका दाहाल