काठमाडौँ, पुस २६ गते । अबदेखि बैङ्कमार्फत चेकबाट कारोबार गर्दा पाँच लाख रुपियाँ मात्र झिक्न पाइने भएको छ । यसअघि उक्त सीमा १० लाख रुपियाँ रहेकामा नेपाल राष्ट्र बैङ्कले शुक्रबार निर्देशन जारी गर्दै पाँच लाख रुपियाँमा झारेको हो ।
पाँच लाख रुपियाँभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरिएको हो । सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट पाँच लाखमा घटाए अनुसार केन्द्रीय बैङ्कले सोमा घटाएको हो ।
साथै अब पाँच लाख रुपियाँभन्दा धेरै रकम सम्बन्धित व्यक्तिको खातामा मात्रै जम्मा हुन सक्ने व्यवस्था भएको छ ।
कुनै पनि व्यक्ति वा संस्थाले हरेक पटकको कारोबार नगदमा गर्दा पाँच लाख रुपियाँभन्दा कम र त्यसभन्दा धेरैको गर्नुपर्दा एकाउन्ट पेयी चेकमार्फत गर्नुपर्ने छ तर यो व्यवस्थाले कुनै पनि परिवारले सामाजिक कार्य गर्न वा व्यापारमार्फत नगद सङ्कलन गरेको अवस्थामा भने असर नगर्ने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










