01/29/2026, 09:42:32
बिहिबार, माघ १५, २०८२

आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, माघ १५ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ५६ पैसा र बिक्रीदर १४७ रुपियाँ १६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४२ पैसा र बिक्रीदर १७६ रुपियाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ८९ पैसा र बिक्रीदर २०२ रुपियाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ ७२ पैसा र बिक्रीदर १९१ रुपियाँ ५० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ५८ पैसा र बिक्रीदर १०३ रुपियाँ ०० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९७ पैसा र बिक्रीदर १०८ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ १७ पैसा र बिक्रीदर ११६ रुपियाँ ६५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ १० पैसा र बिक्रीदर २१ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ०८ पैसा र बिक्रीदर ३९ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ २१ पैसा र बिक्रीदर ४० रुपियाँ ३८ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ७१ पैसा र बिक्रीदर चार रुपियाँ ७३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ९० पैसा र बिक्रीदर ४० रुपियाँ ०७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २४ पैसा र बिक्रीदर १० रुपियाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ६० पैसा र बिक्रीदर १६ रुपियाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४९ पैसा र बिक्रीदर २३ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपियाँ ९२ पैसा र बिक्रीदर ४८२ रुपियाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपियाँ ७५ पैसा र बिक्रीदर ३९० रुपियाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपियाँ ७० पैसा र बिक्रीदर ३८२ रुपियाँ २६ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा हेर्न सकिनेछ ।