01/29/2026, 09:46:13
बिहिबार, माघ १५, २०८२

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना


काठमाडौँ, माघ १५ गते । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल  अस्पताल भर्ना हुनुभएको छ ।

मुटुको समस्या देखिएपछि बिहीबार उहाँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उहाँलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

उहाँको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू अस्पताल पुग्नुभएको छ ।