काठमाडौँ, पुस १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
आन्तरिक प्रतिस्पर्धा तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।
गत पुस ११ गते रास्वपाले समानुपातिक तर्फका ३८७ आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको थियो । यसका लागि ४१४ जनाले आवेदन दिएका थिए । आवेदनका लागि पार्टीले प्रतिव्यक्ति ५० हजार शुल्क तोकिएको थियो ।

निर्वाचन आयोगले बन्दसूची बुझाउने समय सोमबारसम्मका लागि तोकेको छ । राजनीतिक दलहरूले समानुपातिक सूचीमा दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत समेट्नुपर्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













