01/04/2026, 15:13:27
आइतबार, पुष २०, २०८२

अमेरिकाको एरिजोनामा हेलिकाेप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


लस एन्जलस, पुस १९ गते । अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना  हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल फेसबुकमा राज्यको राजधानी फिनिक्स नजिकैको सुपिरियर सहर नजिकै हेलिकाेप्टर दुर्घटना भएको बताएको छ ।

दुर्घटना बिहान ११ बजेतिर भएको थियो, शेरिफको कार्यालयले जनाएको छ । उद्धारकर्मीले हेलिकाेप्टरको भग्नावशेषमा पुगे र दुर्घटनामा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा हेलिकाेप्टर चालक र एउटै परिवारका तीन महिला सदस्य रहेको जनाइएको छ । अमेरिकी एविएसन एडमिनिस्ट्रेसन र राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा अनुसन्धान जारी रहेको शेरिफको कार्यालयले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..