12/23/2025, 18:24:43
मङ्गलबार, पुष ०८, २०८२

थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी


नोम पेन, पुस ८ गते । थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रमा गोलाबारी र ट्याङ्क-माउन्टेड मेसिन गनको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले मङ्गलबार बताउनु भएको छ ।

थाइल्यान्डसँगको सीमा द्वन्द्व १७ औँ दिनमा प्रवेश गरेसँगै कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या २१ पुगेको उहाँले बताउनु भएको छ । “थाई सेनाले कम्बोडियाका नागरिक बस्ने स्थानमा आक्रमण गरेको उल्लेख गर्दै उहाँले आक्रमणमा एक शिशु सहित २१ नागरिकको मृत्यु हुनुका साथै अन्य ८३ जना घाइते भएको पत्रकारसँगको सक्षतकारमा जाउनु भएको छ ।

कम्बोडिया-थाइल्यान्ड सीमा द्वन्द्व डिसेम्बर-७ देखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एक-अर्कालाई युद्ध विरामको बावजुत आक्रमण सुरु गरेको आरोप लगाएका छन् । कम्बोडियाको आन्तरिक मन्त्रालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार द्वन्द्वले अहिले सम्म करिब पाँच लाख ४५ हजार कम्बोडियनलाई सुरक्षित आश्रयका लागि आफ्नो वासस्थान छोडी भाग्न बाध्य पारेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..