नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बन्दसत्रमा सहभागी हुन आग्रह गरेका छन् । बन्दसत्रलाई सोमबार भृकुटीमण्डपमा सम्बोधन गर्दै गगनले यस्तो आग्रह गरेका हुन् ।
‘मैले हिजो पनि भनेँ, आज पनि भन्छु । पार्टीका सभापति, कार्यवाहक सभापतिलाई भन्छु– विधानसम्मत महाधिवेशन गर्दैछौँ आउनुस् भनेर अनुरोध गर्छु’, गगनले भने ।
विशेष महाधिवेशनमा देशभरबाट चासो दिनेको संख्या बढेको भन्दै थापाले जिल्लाका नेतालाई पनि काठमाडौं आउन अपिल गरे । ‘बाहिर/भित्र, जिल्ला सबैतिरबाट नेताहरूले सम्पर्क गरिरहनुभएको छ । नेताहरूसँग अनुरोध गर्न चाहन्छौँ । जिल्लाको किल्ला भत्काउने बेला यही हो,’ थापाले भने, ‘आउनुस् कोशी, सुदूररपश्चिम, कर्णालीका नाममा चलेका गुटका किल्ला भत्काउने बेला यही हो ।’
विशेष महाधिवेशनको वैधानिकतामा कसैले पनि प्रश्न उठाउन नसक्ने भन्दै उनले विधानसम्मत अघि बढेको बताए ।
पछिल्ला केही वर्ष सत्तापक्ष र प्रतिपक्ष नहुने गरी विकृत बनाएपछि जनतामा असन्तुष्टि बढेको उनको भनाइ छ । यसै असन्तुष्टिको विष्फोट जेन–जी आन्दोलन भएको उनको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










