काठमाडौँ, पुस २७ गते । महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको बताउनुभएको छ ।
बिर्तामोडमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीको जीवन सामान्य रुपमा अघि बढेको जस्तो देखिएपनि देश जटिल परिस्थितिमा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार निर्वाचित जन प्रतिनिधिले नभइ चुनावी सरकारले सञ्चालन गर्नु विडम्बना भएको जिकिर गर्नुभयो । उहाँले चुनौतिसँगै अवसर रहने तर चुनौतिको समाधान गर्ने कुरा आम नागरिककै हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले राष्ट्र र नेपालीहरु जुन मोडमा छौं, यसो बाहिर हेर्दा जीवन सामान्य रुपमा अघि बढाउने प्रयास गरिरहे पनि असाध्यै संवेदनशील बिन्दुमा उभिएका छौँ । हालै आन्दोलनपछि हामीले चुनेको प्रतिनिधिले यो राष्ट्र चुनिरहनुभएको छैन । यो राष्ट्रलाई चुनावी सरकारले सञ्चालन गरिरहेको छ । त्यो बिडम्वना हो । राष्ट्र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको छ ।”
उहाँले नेपाली जनताभन्दा शक्तिशाली अरु कोही नरहेको बताउनुभयो। उहाँले विगतमा नेतृत्व गर्नेहरु पनि जनताबाट नै चुनिएर आएको भनाइ राख्नुभयो । भविष्यमा कस्तो व्यक्तिलाई देशको जिम्मेवारी दिने भन्ने कुरा पनि आम नागरिककै हातमा रहेको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












