01/11/2026, 20:49:42
आइतबार, पुष २७, २०८२

पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्रीले गरिन् पुष्पगुच्छा अर्पण


काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छन् ।

सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री कार्की सरिक भई शाहप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरेकी हुन् । सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहको सालिकमा पुष्पहार अर्पण गरे ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगण लगायतको पनि उपस्थिति थियो।

हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..