काठमाडौँ, पुस २७ : कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नाम दर्ता गर्ने प्रतिनिधिको संख्या २ हजार १८५ पुगेको छ । अहिले साँझ ६ बजेर ५ बजेसम्म २ हजार १८५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएको महाधिवेशन सचिवालय सदस्य युवराज पाण्डेले जानकारी दिए ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ । यसमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया चलिरहेको छ । बिहान ९ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु भएको थियो ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागीले काठमाडौँका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । विशेष महाधिवेशन महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डमा उद्घाटन गरेका छन् । बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










