01/12/2026, 01:56:00
आइतबार, पुष २७, २०८२

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्विरोध


भक्तपुर, पुस २७ : भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ  निर्विरोध निर्वाचित भएका छन् ।

आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ,  एशोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु,  उपाध्यक्षहरूमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकुलप्रसाद प्रजापति,  महासचिवमा सुरेन्द्र जाकीबन्जार  र कोषाध्यक्षमा पशुपति भुसाल  निर्विरोध चयन भए ।

सदस्यहरूमा कुलदीप जीसी, न्हुछेराम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्यु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व  निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

यसैगरी महिला चेम्बर संयोजकमा रिना श्रेष्ठ  र युवा चेम्बर संयोजकमा करिना गोर्खाली  मनोनीत भएका छन् ।

– सुन्दर शिल्पकार